काठमाण्डु- ईः सहितका अभियन्ता र काठमाण्डु महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमवार साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाण्डु महानगरबीच भएको वार्ता निष्कर्षविहीन बनेको हो ।
तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको जनाइएको छ । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् ।
मंगलबार बिहान उपमेयर सुनिता डंगोल पनि अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन शाहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए ।




प्रतिक्रिया