महानगरलाई मानव अधिकार आयोगले भन्यो– ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन

महानगरलाई मानव अधिकार आयोगले भन्यो– ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले फूटपाथ व्यापारीको बाँच्न पाउने अधिकारका लागि सत्याग्रह गरिरहेका अयिभन्ता ईःको जीवन रक्षाका लागि सरकार र काठमाण्डु महानगरसँग अपिल गरेको छ ।

आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न अनुरोध गरेको छ ।

विगत ९ दिनदेखि काठमाण्डु महानगरको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ । ‘यस सम्बन्धमा आयोगका माननीय सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले हिजो स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ईः र उनका साथीहरू एवम् धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको थियो,’ आयोगका प्रवक्ता टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा छ ।

प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईःको दुवै खुट्टा अस्वाभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ ।’

महानगर ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील नरहेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ । समस्या समाधानका लागि आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरिरहेको पनि जनाएको छ ।