सुन तस्करी प्रकरणमा थुनछेक बहस सुरू

सुन तस्करी प्रकरणमा थुनछेक बहस सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० किलो बढीको सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बयान लिने कार्य सकिएर थुनछेक बहस सुरू भएको छ ।

काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभियोग पत्रसँगै अदालतमा पेश गरिएका सबै प्रतिवादीको बयान सकिएको बताए ।

बयान सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा थुनछेक बहस सुरू भएको छ ।

सुरूमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका प्रमुख अच्युतमणि नेउपाने सहितले बहस गरिरहेका छन् ।