विराटनगर – कोशी प्रदेश सरकारले भोलि शुक्रबार उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा निर्णय गर्दै १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, प्रदेश सामयिक कर असूल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने र सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय गरिएको छ ।




प्रतिक्रिया