मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर शनिबार बिहान १ जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–४ नवदुर्गा चोकमा डेरा गरी बस्दै आएका सर्लाहीको मलंगवा नगरपालिका–१२ का २३ वर्षीय रामु यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।