आलितालका २२ वर्षीय राजेस बिष्टको करेन्ट लागेर मृत्यु

आलितालका २२ वर्षीय राजेस बिष्टको करेन्ट लागेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  डडेल्धुराको आलिताल गाउपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आलिताल गाउंपालिका वडा न. ७ राउजाली बस्ने बर्ष २२ का राजेस बिष्टको मृत्यु भएको हो ।

मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर राजेस बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। आज साझ करिब ६ बजे बिष्टको करेन्ट लागेर बेहोस भएका थिए ।

उनलाई उपचारका लागी जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालका सुचना अधिकारी जितेन्द्र घिमिरेकाम अनुसार बिष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको बताएका छन् ।