पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु

पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाण्डु महानगरपालिका र काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह(२०८०’ सुरु भएको छ ।
सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका साथ सप्ताह सुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिएका हुन् ।
उपत्यका केन्द्रित बसाइसराइँ, सहरीकरणलगायतबाट भइरहेको जनसङ्ख्या वृद्धि, सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोगको कमी, फुटपाथ अतिक्रमण, सवारी नियम तथा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमीलगायत कारणबाट काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल एवं चुनौतीपूर्ण बन्दै गइरहेको छ । अहिले पनि काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन ट्राफिक प्रहरीको हातको इसाराको भरमा चल्दै आइरहेको छ ।
देशभरि ६३ लाख सवारी साधन दर्ता छन् । काठमाण्डु उपत्यकामा मात्रै करिब १८ लाख सवारी साधन दर्ता भएको र करिब १४ लाख सवारी दैनिक सडकमा गुड्ने अनुमान गरिएको छ ।
पछिल्लो पाँच वर्षमा देशभर १२ हजार आठ सयको सडक दुर्घटनामा मृत्यु भएको छ भने उपत्यकामा मात्रै हजारभन्दा बढीको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । पाँच वर्षमा सडक दुर्घटनामा परी करिब ८० हजार घाइते भएका छन् ।