काठमाण्डु – दोलखामा प्रहरीले ४ किलो सुन झारले छोपेर राखेको अवस्थामा बरामद गरेको छ ।
बिगु गाउँपालिका–१ लामाबगरबाट सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
लामाबगर नाका हुँदै भित्रिएको ७ किलो सुन र संलग्न व्यक्तिहरू पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले आईतबार फेरि ४ किलो सुन बरामद गरेको छ ।
फरार रहेका अन्दाजी २७ वर्षीय अशोक मगरको घरनजिकै रहेको ठूलो ढुंगामाथि झारले छोपेर राखेको अवस्थामा ४ किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुन तस्करीको आरोपमा हालसम्म एकैगाउँका ७ जना पक्राउ परेका छन् ।
चीनले केही समयका लागि खोलेको दोलखाका लामा बगर क्षेत्रको नाका हुँदै सुन तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ ।




प्रतिक्रिया