हिन्दु र मुस्लिमबीच झडप हुने संकेतः नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

हिन्दु र मुस्लिमबीच झडप हुने संकेतः नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। हिन्दु र मुस्लिम समुदायबीच झडप  हुने संकेत देखिएपछि नेपालगञ्जमा कर्फ्यु जारी गरिएको प्रशासनले जनाएकाे छ ।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो। हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ ।

कुनै पनि व्यक्ति, संघसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने कानुनविपरीतका कुनै पनि गतिविधि नगर्न स्थानीय प्रशासनले अपिल गरेको छ ।