काठमाण्डु- दोलखाबाट बरामद गरिएकाे ११ किलो सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधानलाई पक्राउ गरेको हो ।
उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले बताएका छन् । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ ।




प्रतिक्रिया