काठमाण्डु- नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिटमा बिहीबार सुनुवाइ हुने भएको छ ।
गुण्डा नाइके रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । जसअनुसार चेतनकी पत्नी भारती शेर्पाले कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुने भएको हो ।
आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् । यसैबीच भारतीले आजबाट अनशन सुरु गरेकी छन् ।
भारतीले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् । न्याय नपाएसम्म घर नफर्किने उनको भनाइ छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।




प्रतिक्रिया