काठमाण्डु- दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ एक जनालाई पक्राउ गरेको छ ।
चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामालाई प्रहरीले ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो । उनकै निर्देशनमा सुन तस्करी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाण्डुको स्वयम्भू बस्दै आएका उनी बुधबार सोही स्थानबाट पक्राउ परेका हुन् । उनी सुन तस्करी गरेर ल्याउन निर्देशन दिने भूमिकामा रहेको जनाइएको छ ।
यो प्रकरणमा यसअघि पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन् ।




प्रतिक्रिया