काठमाण्डु – तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको छ ।
जल तथा मौसमविज्ञ विभाग बाढी पूर्वानुमान महाशाखाले अत्यधिक वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १४७.८ मिलिलिटर वर्षा भएको छ । महाशाखाले बुधबार तनहुँको बन्दीपुरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने चेतावनी दिएको छ ।




प्रतिक्रिया