प्रहरीको साइबर ब्युरोले भन्यो – धार्मिक सद्भावमा खलल पुग्ने पोस्ट नगर्नू

प्रहरीको साइबर ब्युरोले भन्यो – धार्मिक सद्भावमा खलल पुग्ने पोस्ट नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न र नराख्न आग्रह गरेको छ ।

बुधबार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु र व्यक्तिको प्रतिष्ठा तथा आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन र प्रदर्शन नगर्न ब्युरोले आग्रह गरेको छ ।

सूचनामा लेखिएको छ, ‘जातीय भेदभाव, छुवाछुत र श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन साइबर ब्युरो सबैमा अनुरोध गर्दछ ।’

कानूनले रोक लगाएका सामग्री विद्युतीय माध्यममा प्रकाशन वा प्रदर्शन गरेमा कानून बमोजिम कारबाही हुने ब्युरोले जनाएको छ ।