संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेस नेपाल आउदैँ, यी हुन् एजेण्डा

संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेस नेपाल आउदैँ, यी हुन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस नेपाल भ्रमणमा आउने भएका छन् । असोज २७ गते महासचिव गुट्रेस नेपाल भ्रमणमा आउने भएका हुन् । भ्रमणका क्रममा उनले जलबायु परिबर्तन, दिगो शान्ती लक्ष्य, नेपालको जारी शान्ती प्रकृयाबारे शीर्ष नेताहरुसँग छलफल गर्ने एजेण्डा रहेका छन् ।

२९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा अहिलेसम्म छ जना महासचिवले भ्रमण गरेका छन् । विश्वकै उच्च कुटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घका महासचिवको पद राष्ट्रप्रमुखसरह सम्मानित मानिन्छ ।