विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विधायन सम्बन्धी विधेयक २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक २०८० माथि संसद्मा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वम्मतिले पास भएको घोषणा गरेका छन् ।

विधायन सम्बन्धी विधेयक २०८० कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेश गरेका थिए ।

संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाको छलफलपछि प्राप्त सुझावलाई समेटेर विधायन सम्बन्धी विधेयक २०८० तयार पारेको उनले बताएका छन् ।