भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् ।उनी नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन।

प्रधानमन्त्री प्रचण्डले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन्।  टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ। बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।