नेपालबाट मनसुन बाहिरिँदै

नेपालबाट मनसुन बाहिरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बाहिरिन थालेको जनाएको छ ।

आज शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिने क्रममा रहेको जनाइएको छ ।

मनसुन बाहिरिन थालेकोबारे औपचारिक निर्णय भने भोलि शनिबार हुने महाशाखाले जनाएको छ ।

यस वर्ष नेपालमा जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो । सरदर मितिभन्दा १ दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा ४ दिन ढिला गरी बाहिरिन थालेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख रहेको छ । नेपालमा मनसुन पूर्वी क्षेत्र हुँदै प्रवेश हुन्छ भने बाहिरिँदा पनि पश्चिम क्षेत्रबाट सुरु भएर पूर्वी क्षेत्रबाटै बाहिरिने गरेको छ ।