काठमाण्डु- इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणमा परि ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो ।
घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । त्यस्तै हमास विद्रोहीहरुको हमलामा परेर १२ जना नेपाली सम्पर्कबिहीन भएका छन् ।
आइतवार परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार १२ जना नेपाली विद्यार्थी सम्पर्कमा छैनन् । इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभमा ४९ नेपाली विद्यार्थी रहेका छन् । ४९ जना विद्यार्थीमध्ये १२ जना सम्पर्कबिहीन भएका हुन् ।




प्रतिक्रिया