भ्रष्टाचारविरुद्ध सरकारको अभियान प्रभावकारी हुन सकेन : झलनाथ खनाल

भ्रष्टाचारविरुद्ध सरकारको अभियान प्रभावकारी हुन सकेन : झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारबिरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

पार्टीको समाजवादी जागरण अभियान अन्तरगत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारबिरुद्ध सरकारले अभियान सुरु गरेपछि बिभिन्न प्रकरणहरु बिचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गरे । समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उनको भनाइ छ ।

खनालले अर्धसामान्ती व्यवस्था र अहिलेको पूँजिवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजविना देशलाई निकास दिन नसक्ने बताए । उनले देशमा रोजगार नहुदाँ युवाशक्तिहरु विदेशी भूमिमा पलायन हुनु परेको बताउदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।