काठमाण्डु – इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरुसहितको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो ।
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ।
सोही बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गर्ने निर्णय गरेको थियो । घर फर्किन इच्छुकहरुलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिष्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।
इजरायलमा रहेका ४७६५ नेपालीमध्ये हमासको हमलामा परी १० जनाको मृत्यु भएकाे छ।




प्रतिक्रिया