इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई २ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई २ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा भएको आक्रमणमा ज्यान गुमाउने सुदूरपश्चिमका विद्यार्थीका प्रत्येक परिवारलाई २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका दश नेपालीको मृत्यु भएको थियो । साथै मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् ।