राष्ट्रपति भवन अगाडिबाट ११ जना पक्राउ

राष्ट्रपति भवन अगाडिबाट ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने ११ जना पक्राउ परेका छन् । राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबि गर्न माग गर्दै प्रदर्शनको विरोध गर्दा मानव अधिकार तथा शान्ति समाजका ११ जनालाई प्रहरीले शीतल निवासबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीरहेका छन् ।