काठमाण्डु – त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरेको छ ।
सुन मलेसियाबाट मलेसियन एयरलाइन्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् ।
सोमबार दिउँसो ५१० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिवि भन्सार प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।
उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाइछिपाई काचो सुन ल्याएको पाइएको छ । सुनबारे अनुसन्धान जारी रहेको भन्सारले जनाएको छ ।




प्रतिक्रिया