राष्ट्रसंघका महासचिव गुट्रेसको नेपाल भ्रमण स्थगित

राष्ट्रसंघका महासचिव गुट्रेसको नेपाल भ्रमण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको नेपाल भ्रमण स्थगित भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस तीन दिने भ्रमणका लागि २६ गते काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको थियो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेका हुन् । नेपाल भ्रमणका क्रममा उनको लुम्बिनी र पोखरा जाने कार्यक्रम तय भएको थियो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।