इजरायलमा रहेका नेपालीबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालय

इजरायलमा रहेका नेपालीबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ ।

अपराह्न साढे ४ बजे हुने प्रेस ब्रिफिङमा हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३२४ जनाले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये २८८ जनाले नेपाल फर्किन चाहेको बताएका छन् । बाँकी ३६ जनाले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेका छन् ।

असोज २० गते हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो । एकजना अझै सम्पर्कविहीन छन् ।