काठमाण्डु – भेपमा सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
शुक्रबार काठमाण्डु जिल्ला अदालतले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको जानकारी दिए । अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको छ ।
राहुलसँगैका आरोपी लोकेन्द्र पौडेल ५ लाख धरौटी राखेर रिहा हुने भएका छन् ।




प्रतिक्रिया