शान्ति सेनामा तैनाथ राईको निधन

शान्ति सेनामा तैनाथ राईको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औं डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।

खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेसन बेस जिनामा कार्यरत रहँदा बिरामी भएका थिए । उनको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।