काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग लिखित सहमति गरेका छन् ।
शनिवार सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका कोइरालासँग सत्ता गठबन्धन दायाबाया नगर्ने लखित सहमति गरेका हुन् ।
शनिबार बिहान भएको छलफलमा उनीहरुबीच लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।
‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा भने कोइराला पक्षका सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कोशीमा सत्ता गठबन्धनको निर्णय विपरीत एमालेसँग शेखर पक्ष मिलेपछि देउवा र प्रचण्ड झस्किएका छन् । त्यसकारण उनीहरूले शेखर सँग गबन्धन दायाँबायाँ नगर्ने लिखित सहमति गरेका हुन् ।





प्रतिक्रिया