काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा आज शनिबार स्वदेश फर्किएका छन् ।
बेलायतको औपचारिक भ्रमण पूरा गरी उनी आज शनिबार स्वदेश फर्किएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका छन् ।
प्रधानसेनापति शर्मा बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसको औपचारिक निमन्त्रणामा असोज २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।




प्रतिक्रिया