भारतीय मोटरसाइकलको ठक्करबाट धनगढीकी एक बृद्धा घाइते

भारतीय मोटरसाइकलको ठक्करबाट धनगढीकी एक बृद्धा घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – भारतसँग सीमा जोडिएको वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक फरार भएका छन्।

दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ वर्षीया देवकी धानुक मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन्।

वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाइकल चालकले हिड्दैगरेको अवस्थामा ठक्कर दिएर फरार भएको घाइते महिलाका छोरा प्रकाश धानुकले बताए। दुर्घटनामा परी आमाको हात र खुट्टा भाँचिएको उनले बताए। हाल धनगढी स्थित मायामेट्रो अस्पतालमा आमाको उपचार भइरहेको छ।