इजरायलमा मारिएका पाँच नेपाली विद्यार्थीको शव प्राप्त (नामसहित)

इजरायलमा मारिएका पाँच नेपाली विद्यार्थीको शव प्राप्त (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलमा मारिएका पाँच नेपाली विद्यार्थीको शव प्राप्त भएको छ । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा मारिएका १० जना जना नेपाली विद्यार्थी मध्ये पाँच जनाको शव प्राप्त भएको हो ।

आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ ।