काठमाण्डु- मोरङको विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-३ मा ट्रक पार्किङ गरेर राखेको स्थानमा आइतबार राति युवतीमाथि सामूहिक बलात्कार भएको हो ।
पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् ।
तामाङ प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । अलपत्र परेकी युवतीलाई बसोवासका लागि सहयोग गर्ने बाहनामा उनीहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ ।




प्रतिक्रिया