धर्मेन्द्र बास्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु

धर्मेन्द्र बास्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु

बाँस्तोला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्। सवारी दुर्घटना गराएका उनलाई प्रहरीले पक्राउ गरेको हो।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि बाँस्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा९च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमान्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियामा लगेको थियो। स्वास्थ्य चौकी लगिनासाथ चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए।