एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित,साइबर ब्यूरोमा पुग्यो भोटिङ विवाद

एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित,साइबर ब्यूरोमा पुग्यो भोटिङ विवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

चुनावी परिणामलाई लिएर विवाद भएपछि एनआरएनएका वर्तमान अध्यक्षहरु कूल आचार्य, रविना थापा र बद्री केसीले निर्वाचन प्रक्रिया थप अघि नबढाउन सर्कुलर जारी गरेका हुन् ।

निर्वाचन कमिटीले बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम घोषणा गर्दै डा. बद्री केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो । तर, अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्ने बताएका थिए । उनीहरुले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन समेत दिएका थिए ।

उनीहरुले विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको आरोप लगाएका छन् ।

निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरेको आरोप लगाएका छन् ।

उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शुन्य देखाएपछि मत परिणाममा प्रश्न उठाइएको हो ।काठमाडौंबाट ८०० बढी मत खसेको थियो । उम्मेदवार पौडेल स्वयंमले काठमाडौंबाट दिएका थिए । तर उनको मत शून्य देखाएपछि निर्वाचन परिणाममा प्रश्न उठेको हो । आफ्नो मत शून्य आएपछि उपाध्यक्षका उम्मेदवार डा. पौडेलले साइबर व्यूरोमा निवेदन दिएका छन् ।

एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङका लागि भेरो भोटिङ प्रयोग गरिएको थियो ।