वातावरण पत्रकार समूहले पायो संरक्षण पत्रकारिता पुरस्कार

वातावरण पत्रकार समूहले पायो संरक्षण पत्रकारिता पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको ४१ औं वार्षिकोत्सवका अवसरमा समूहलाई ६५ हजार १ रुपैयाँ राशी र सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले कोषका तर्फबाट समूहलाई पुरस्कार र सम्मानपत्र प्रदान गरे । शुक्रबार ललितपुरको खुमलटारस्थित कोष परिसरमा आयोजित विशेष समारोहमा समूहको प्रतिनिधित्व गर्दै सचिव सृष्टि काफ्लेले पुरस्कार तथा सम्मानपत्र ग्रहण गरिन् ।

कोषले यही वर्षदेखि संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो । नेपालको वन, वातावरण, प्रकृति, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको ठहर गर्दै कोषले समूहलाई यो पुरस्कार प्रदान गरेको हो ।

२०४३ सालमा स्थापना भएको नेवापसले टेलिभिजन कार्यक्रम आँखिझ्याल, रेडियो सगरमाथाका अतिरिक्त छापा र अनलाइन पत्रकारितामार्फत वातावरण, दिगो विकासका मुद्दा र विषयवस्तुका समाचार प्रकाशन प्रशारण गर्दै आएको छ ।

कोषले यस वर्ष ‘राष्ट्रिय प्रकृति संरक्षण कोष–संरक्षक संरक्षण सम्मान’ प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङलाई प्रदान ग¥यो । समुदायमा आधारित संरक्षण र संरक्षण क्षेत्र व्यवस्थापनमा कास्कीको पार्चे संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गुरुङलाई कोषले १ लाख २५ हजार राशीसहितको उक्त सम्मान प्रदान ग¥यो । उनी समुदायमा आधारित संरक्षणको अवधारणमा लामो समयदेखि क्रियाशिल छन् ।

यही अवसरमा कोषले हिमाली क्षेत्रको वातावरण संरक्षणका साथै हिमाल सफाइ अभियानमा खेलेको भूमिकालाई कदर गर्दैै नेपाली सेनालाई विशेष सम्मान गरेको छ । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयबाट कोषले जैविक विविधता संरक्षणामा सहकार्य र समन्वयकारी भूमिका प्राप्दै गर्दै आएको छ । साथै कोषले नेपालको जैविक विविधता संरक्षणमा सहयोगको मूल्यांकन गर्दै अमेरिका, चीन, बेलायत र जापानलाई पनि सम्मानपत्रसहित सम्मान ग¥यो ।

नेपालका लागि बेलायत र चीनका राजदूतहरू क्रमशः रब फेन र छेन सङ र अमेरिकी दूतावासका प्रतिनिधिले सम्मानपत्र ग्रहण गरे । यही अवसरमा कोषले ३ जना संस्थापक बोर्ड सदस्यहरूलाई सम्मान ग¥यो । मन्त्री महतोले बेलायतका सर अर्थर नोरमेन, अमेरिकाका रुसेल इ ट्रेन र जापानका डा. सुबारो ओकितालाई मरणोपरान्त सम्मान प्रदान गरे । सो सम्मान नेपालका लागि बेलायती र चिनियाँ राजदूत र जापानी दूतावासका प्रतिनिधिले ग्रहण गरे ।

वार्षिकोत्सवका अवसरमा कोषले ३ दशक सेवा अवधि पूरा गरेका आफ्ना कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान ग¥यो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले संरक्षण क्षेत्रमा परिणाममुखी नतिजाका लागि तीनै तहका सरकार, वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्यमा जोड दिए । कोषले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउन मन्त्रालयसँगको समन्वय जरुरी छ,’ उनले भने, ‘स्रोत साधन भए पनि सहकार्य र समन्वय भएन भने नतिजा प्रभावकारी हुँदैन ।’

सोही अवसरमा बोल्दै प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिका सभापति डा. आरजु राणा देउवाले सिमसार र संरक्षण क्षेत्रमा राज्यको बजेट न्यून भएको उल्लेख गर्दै पर्याप्त स्रोत साधनबिना अपेक्षाकृत नजिता नआउने बताइन् । कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओली, मुख्यसचिव बैकुण्ठ अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कोषका सदस्य–सचिव शरदचन्द्र अधिकारीलगायतले जिवजन्तु र वन्यजन्तु संरक्षणमा सरकार र सरोकारवाला निकायबीच निरन्तर हातेमालोको खाँचो औल्याए ।