काठमाडौँ आइपुग्यो इजरायलमा मारिएका विद्यार्थीको शव

काठमाडौँ आइपुग्यो इजरायलमा मारिएका विद्यार्थीको शव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थी मध्ये ३ जनाको शव नेपाल आइपुगेको छ ।

३ जनाको शव आज विहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको विमानस्थलले जनाएको छ। चार जनाको शव एकैपटक ल्याउने भनिएपनि एक जनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने छ ।

पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ ।