बागमती नदीमा नुहाउँदा डुबेर बालकको मृत्यु

बागमती नदीमा नुहाउँदा डुबेर बालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – जिल्लाको राजदेवी नगरपालिकास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजदेवी नगरपालिका–९ का वीरेन्द्र दासका ११ वर्षीय छोरा गौतम दास रहेका प्रहरीले जनाएको छ ।

घरनजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा आईतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए । स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा रहेका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा सामान्य उपचारपछि चिकित्सकले मृत घोषणा गरेका छन् ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।