काठमाण्डु – नेपाल टेलिकमले दशैंको अवसरमा १० हजार वटासम्म मोबाइल नम्बरमा सस्तो प्याकेजमा एसएमएस पठाउन सकिने प्याक ल्याएको छ ।
दशैं प्याकमा आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा एसएमएस पठाउन सकिनेछ ।
प्रतिएसएमएस ५० पैसा खर्च लाग्ने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १ हजार रूपैयाँ लाग्ने जनाइएको छ ।
कूल २ हजार ५०० रुपैयाँमा ५ दिनभित्र ५ हजार एसएमएस पठाउन सकिने जनाइएको छ । ५ हजार रुपैयाँमा १० दिनभित्र १० हजार एसएमएस पठाउन सकिनेछ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने प्याक सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर नजोडिएको टेलिकमले जनाएको छ ।




प्रतिक्रिया