भन्सार छलीका सामानसहित ७ जना पक्राउ

भन्सार छलीका सामानसहित ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले बर्दियामा १ लाख ७४ हजार बराबरको सामानसहित ७ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोडमा भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको सामान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले फलफूल तथा तरकारी र ४ मोटरसाइकल, ४ साइकलसहित ५ भारतीय नागरिक र २ नेपाली गरी ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।