हेलिकप्टर दुर्घटनामा परी घाइते भएका मनाङ एयरका पाइलट प्रकाश सेढाईंकाे निधन

हेलिकप्टर दुर्घटनामा परी घाइते भएका मनाङ एयरका पाइलट प्रकाश सेढाईंकाे निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंकाे निधन भएकाे छ। गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको मुम्बईमा निधन भएको हाे।

सेढाईंले चलाएको ९एन–एएनजे कलसाइनको हेलिकोप्टर गत असोज २७ गते (शनिबार) सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ। दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ।