विमानस्थलमै कुटाकुट गर्ने तारा एयरका दुई पाइलटको लाइसेन्स निलम्बित

विमानस्थलमै कुटाकुट गर्ने तारा एयरका दुई पाइलटको लाइसेन्स निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ।

आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो ।

यसैबीच दुवै पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । जसअनुसार क्याप्टेन शाह र श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । त्यस्तै यस घटनाका बारेमा चासोका साथ छानबिन गर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।