राष्ट्रपति पौडेल कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने

राष्ट्रपति पौडेल कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले पौडेलको भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिने जानकारी दिइन् ।

पेरिसपछि जर्मनी र इटालीको भ्रमण गरी मंसिर १ गते पौडेल स्वदेश फर्किने जनाइएको छ ।

बैठकले निमा तामाङको नाममा झूटा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय कालिकोटबाट वंशजको आधारमा जारी भएको नागरिकता र देवराज धमलाको नाममा झूटा विवरण पेश गरी कालिकोटबाट जारी भएको नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।

बैठकले चीनको संघाइमा सञ्चालन हुने छैठौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योगमन्त्रीलाई स्वीकृति दिने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले यूएईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गर्ने र कात्तिक २० र २१ गते चीनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन शिक्षा राज्यमन्त्री नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।