काठमाण्डु – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाले जिम्मा लिएको आयोजनाका काम निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने बताएका छन् ।
आज शुक्रबार रक्षा मन्त्रालयमा आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले सेनाले जिम्मा लिएको आयोजनालाई निर्धारित मितिमै सम्पन्न गर्न ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने बताए ।
ठेकेदारले कुनै पनि बहानामा काम नगरेको अवस्थामा कडाइका साथ प्रस्तुत हुन उनले सेनालाई निर्देशन दिए ।
आयोजनाको गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने पनि उनले बताए । नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको काठमाण्डु–तराई–मधेश द्रूतमार्ग निर्धारित मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले विक्रम संवत् २०८३ चैतसम्म निर्माण सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए ।




प्रतिक्रिया