कालीगण्डकी नदीमा डुबेर १ जनाको मृत्यु

कालीगण्डकी नदीमा डुबेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा – जिल्लाको गल्याङ नगरपालिका–७ सेतीबेणीस्थित कालीगण्डकी नदीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

पर्वतको बिहादी गाउँपालिका–६ गब्राङ बस्ने २५ वर्षीया रीतु भट्टराईको शुक्रबार बिहान मृत्यु भएको छ ।

सेतीबेणीमा शिला दर्शन गर्ने क्रममा रीतु भट्टराईको छोरा ४ वर्षीय रीयान्स भट्टराई कालीगण्डकी नदीमा खसेकोमा छोरालाई बचाउने क्रममा डुबेर अशक्त भएकी रीतुको कालीगण्डकी अस्पताल मिर्मीमा उपचारको क्रममा मृत्यु भएको छ ।

डुबेर अशक्त भएका रीयान्सको उद्धार गरी हुवास मन्जरीया अस्पताल पर्वत हुँदै मिसन अस्पताल पाल्पा रिफर गरिएको छ ।