जाजरकोटमा भूकम्पमा परेर ९२ जनाकाे मृत्यु

जाजरकोटमा भूकम्पमा परेर ९२ जनाकाे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार “दुर्गम क्षेत्रमा सञ्चार सम्पर्क हुन सकेको छैन । त्यसका लागि केन्द्रबाट हेलिकोप्टर आउँदै छ ।” सयौं घर लडेका र त्यहाँ पुरिएका स्थानीयको उद्धार गर्न बाँकी रहेकाले मृतकको संख्या बढ्न सक्ने छ ।

सदरमुकाममा मात्रै एकसयभन्दा धेरै घाइतेको उपचार गरिसकेको उनले बताए ।