जिल्ला अस्पताल जाजरकोट पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे भूकम्पका घाइते

जिल्ला अस्पताल जाजरकोट पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे भूकम्पका घाइते

लिए भूकम्प क्षतिको विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त जाजकोटको अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री प्रचण्डले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

उनी शनिबार बिहान भूकम्प प्रभावित जिल्ला गएका थिए। प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्।

त्यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले जाजरकोट जिल्ला अस्पतालमा भूकम्पबाट घाइते भई उपचाररतको अवस्थाबारे समेत जानकारी लिएका छन् ।

बिहीबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुममा अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।