काठमाण्डु – नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्ने भएको छ । वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेले उमेर विवादका कारण दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको प्रक्रिया अघि बढाउन लागिएको हो ।
सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । भावी प्रधानसेनापतिसंग जोडिएको रथी बढुवा विवादमा आएपछि सेनाले सिग्देलको समेत छानविन गरेर प्रक्रिया अघि बढाउन लागेको हो ।
पाण्डेजस्तै सिग्देलको समेत उमेरमा कैफियत देखिएको चर्चा भएपनि सेनाले अन्ततः उनकै बढुवा गर्ने तयारी गरेको हो । शुक्रवारसम्म उनको नाम सिफारिससहित सात दिने सूचना निकाल्ने सैनिक मुख्यालयको तयारी छ ।
हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकास पाएसंगै उनको ठाउंमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुनेछन् । रथी बढुवाको लाइनमा उपरथीहरु निर्मल थापा र सन्तोष ढकाल समेत छन् ।




प्रतिक्रिया