घुससहित पक्राउ परेका सशस्त्रका सहायक हवल्दार र प्रहरीका सई दोषी ठहर

घुससहित पक्राउ परेका सशस्त्रका सहायक हवल्दार र प्रहरीका सई दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले घुससहित पक्राउ परेका सशस्त्र प्रहरी बलका सहायक हवल्दार र नेपाल प्रहरीका सईलाई दोषी ठहर गरेको छ ।

अदालतले २ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका लेखापाल विनोद विष्ट र २० हजार रुपैयाँ घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेनलाई दोषी ठहर गरेको छ ।

विष्टलाई गत असार २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डुबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल रहेका प्रहरी नायब निरीक्षक (सई) विष्टले भवन निर्माणको म्याद थप तथा सहजीकरणका लागि घुस लिएको अख्तियारको आरोप थियो ।

सुरक्षा बेस क्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्रका सेनलाई अख्तियारको टोलीले ट्रयाक्टरमा माटो ओसार्नेसँग घुस लिएको आरोपमा गत वैशाख ३ गते पक्राउ गरेको थियो ।