शक्ति केन्द्रको कोही पक्राउ परे अनावश्यक दबाब दिन्छन् : गृहमन्त्री श्रेष्ठ

शक्ति केन्द्रको कोही पक्राउ परे अनावश्यक दबाब दिन्छन् : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यविरुद्धका कुनै पनि अपराधमा कसैलाई छुट दिन नसकिने बताएका छन्।

पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेता, कर्मचारी उद्योगी जो भएपनि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने बताए ।

राज्यलाई लुट्ने छुट दिन नसकिने बताउँदै उनले भने, ‘कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न । अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा संलग्न कसैले पनि उन्मुक्ति पाउन सक्दैनन्।’ शक्ति केन्द्रको कोही पक्राउ परेमा अनावश्यक दबाब दिने गरेको उनले बताए ।

‘कोही राजनीतिक पृष्ठभूमिको पर्‍यो भने हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर कराउन थाल्छन्। कर्मचारी पक्राउ परे भने कर्मचारी उफ्रिन्छन्, उद्योगीलाई पक्रियाे भने व्यापारीहरू उफ्रिन्छन्। हामीले कर तिरेका छौँ किन पक्रिएको भनेर वक्तव्यबाजी हुन्छ।’ उनले भने ।

बिहीबार सीआईबीले बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।